पेट्रोलियम ढुवानी रोक्ने चेतावनी

भदौ १८, काठमाडौं– नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आन्दोलनमा उत्रने भएको छ । तेल चोरी प्रकरणमा व्यवसायीहरुलाई मुद्दा चलाएको भन्दै महासंघले आन्दोलनमा उत्रने भएको हो । गत बैशाख १६ गते भैरहवा क्षेत्रमा तेल चोरी कार्यमा संलग्न ट्याकरमाथि स्थानीय प्रशासनले कार्बाही प्रकृया अगाडी बढाएपछि महासंघले आफ्नो आपत्ति प्रकट गर्दै आन्दोलको चेतावनी दिएको छ । स्थानिय प्रशासनले तेल चोरीमा १७ जना व्यवसायीलाई वारेन्ट जारी गरेको छ ।
महासंघले भदौ २१ गतेबाट आन्दोलन थाल्ने र सुनुवाइ नभए भदौ ३१ गते देशभरका ट्यांकरको साँचो आयल निगममार्फत सरकारलाई बुझाउने महासंघका अध्यक्ष खगेश्वर बोहराले ईमेलखबरलाइ जानकारी दिए ।  गत अध्यक्ष बोहराले सबै व्यवसायीहरुलाई एउटै खाल्डोमा हालेर राज्यले घर न घाटको बनाएको आरोप समेत लगाए । व्यवसायीहरुमाथि लगाएको मुद्धा तत्काल खारेज गरी केन्द्रबाट आयोग गठन गर्नु पर्ने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको माग छ ।