यौन अखडामा छापा, दर्जन बढी पक्राउ

भदौ १८ , बिरगन्ज-वीरगन्जका बिभिन्न यौन अखडामा प्रहरीले छापा मार्दा एक दर्जन बढी पक्राउ परेका छन् । यौन व्यावसायमा संलग्न १० र   ३ पुरुष सहित १३ जनालाई लाई छापा मारेर पक्राउ गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय विरगन्जमा बढ्दै गरेको अबैध यौन व्यसाय फस्टाएसँगै दिनहु जसो परेका उजुरीका आधारमा प्रहरी टोलीले छापा मार्दा उनीहरुलाई पक्राउ गरेको जनाएको  छ । प्रहरीले वीरगन्जको बसपार्क, भंसार र लक्षमणवा क्षेत्रमा छापा मारेको हो । पक्राउ परेका मध्य १० महिलालाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ भने ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धानको प्रकृया अघि बढाइएको छ ।