बिषेश अधिकारबारे परिषदमा आज छलफल

भदौ १८, काठमाडौँ-अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले पाँच विकास क्षेत्रमै आफ्ना शाखाहरु विस्तार गरेपछि विषेश अदालतले पनि विस्तार गर्ने बारे न्यायपरिषदमा आज छलफल हुने भएको  छ ।  आजको छलफलमा अख्तियारले  सरकारसंग पाँच विकास क्षेत्रमै विषेश अदालत पनि गठन हुनुपर्ने मागका बिषयमा  हुने  परिषद सदस्य उपेन्द्र केशरी न्यौपानेले जानकारी दिए । परिष्दका सदस्य न्यौपानेका अनुसार सरकारकै आग्रहमा विषेश अदालत विस्तारबारे परिषदले  छलफल थालेको हो ।  यसअघि भ्रष्टाचार विरुद्धका मुद्दाको चाप बढ्दै गए पछि विषेश अदालतले पनि सर्वोच्च अदालत संग केन्द्रमै थप न्यायाधीश र इजलासको माग गरेको थियो।   विषेशमा अहिले ३ जना न्यायाधीशको एउटा मात्रै इजलास छ। यसैले देशभरका भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दा हेर्छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धिकरण विभागले दायर गरेका मुद्दा भने २ सय नाघिसकेका छन्।