नेपाल—भारत पीटीए वार्ता आजबाट सुरु हुदै

भदौ १८, काठमाडौँ-नेपाल—भारत पीटीए वार्ता आजबाट सुरु हुने भनिएको छ । बार्ताका लागी सरकारद्धारा गठित उर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वको टोली आज भारतको नयाँ दिल्ली जाँदै छ । आज अपराहन्नबाट सुरु हुने भारत उर्जा सचिव नेतृत्वको टोली र नेपाल उर्जा सचिव नेतृत्वको टोली बिच हुने वार्तामा शुक्रबार सम्म चल्ने भएको छ । वार्तामा टोलीले विभिन्न मस्यौदा र अवधारणा पेश गर्ने सरकारका प्रवक्रा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए  । एक महिना अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा दुई देशबीच ४५ दिनभित्र विद्युत् व्यापार सम्झौता पीटीए गर्ने सहमति भएको थियो । यसैविच सरकारले भारतसँग विद्युत् व्यापार सम्झौता (पिटिए) र माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता (पिडिए) गर्ने तयारीप्रति आपत्ति जनाउँदै नेकपा–माओवादीसहितका दश दलले आज राजधानिमा प्रदर्शन गर्ने तयारी गरेका छन् । नेकपा माओवादी, राजमो, नेकपा(माले), नेकपा(एकीकृत), जनमोर्चा नेपाललगायत १० दलले सरकारको पिटिए र पिडिए गर्ने तयारीप्रति आपत्ति जनाउँदै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।