एन्फा कपमा सशस्त्र र थ्रि स्टार भिड्दै

भदौ १८, काठमाडौँ-राजधानीमा जारी एन्फा कप फुटबलमा आज  सशस्त्र प्रहरीको एपीएफ र थ्रि स्टार क्लव भिड्ने भएका छन । यी दुई टोलीबीको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेबाट सुरु  हुनेछ । दुबै टोली जित निकाल्ने योजनाका साथ मैदान उत्रिदैछन् ।
यसअघि हिजो देखि सुरु भएको प्रतियोगीतामा झापा ११ फुटबल क्लवले प्रतियोगिताको पहिलो खेलमा मनाङ मस्र्याङदी क्लबलाई २–१ गोल अन्तरले हराएको थियो । झापासँग हार्दै मनाङ पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ । विजेता झापा भने सेमिफाइनलमा प्रबेश गरेको छ । गत वर्षको ए डिभिज लिग विजेता मनाङलाई उपाधिको दावेदार मानिएको भएपनि उसले आफनो क्षमता अनुसार खेल्न सकेन ।
एन्फाद्धारा आयोजीत २५ गतेसम्म चल्ने प्रतियोगितामा झापा र मनाङसगै मोरङ फुटबल क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल  आर्मी, नेपाल पुलिस, संकटा क्लव र थी्र स्टार लगायत ८ क्लबले सहभागीता जनाएका छन् । विजेतालाई १० लाख रुपैया पुरस्कारको व्यवस्था गरीएको छ ।