इराकमा फेरि अर्का अमेरिकी पत्रकारको घाँटी रेटी हत्या

भाद्र १८,काठमाडौं-इराकमा इस्लामिक आतंकबादी समूह आइंएसले फेरी एक अर्का अमेरिकी पत्रकारको हत्या गरेका छन् । सिरियामा कार्यरत अमेरिकी पत्रकार स्टीवेन सोटलाफ हत्या गरिएको भिडियो सन्देश जारी गरिएको हो । भिडियोमा सोटलाफलाई घुँडा टेकाएर एक नकावधारी ब्यक्तिले चक्कुले घाँटी रेटेको दृश्य देखाइएको छ । गत सन् २०१३ देखि बेपत्ता  रहेका सोटलाफलाई गत महिनामात्रै इस्लामिक स्टेटले आफनो कब्जामा रहेको खुलासा गरेको थियो ।

सोटलाफ इस्लामिक स्टेटको कब्जामा रहेको जानकारी पाउने बितिकै उनका आमाले इस्लामिक नेता अबु बकर अल बगदादीले आफनो छोरा रिहा गर्न अपील गरेकी थिईन् । यता अमेरिकाले भिडियो सन्देशबारे छानबीन शुरु गरेको छ । ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले घटनाबारे छानबीन भइरहेको बताएका छन् । यसअघी सोही समूहले गत दुई साता अघी अमेरिकी पत्रकारको हत्या गरेको थियो भने गत साता एक कुर्दिश नागरिकको पनि शीर छेदन गरेको थियो । स्रोत: एजेन्सी