सर्वोच्चद्धारा सरकारका नाममा कारण देखाउ आदेश जारी

भदौ १६,काठमाडौँ-सर्बोच्च अदालतले हालै मन्त्रिपरिषदले गरेको सचिव बढुवामा न्याय सेवाका एकजना पनि नपारिएको र कामु सचिवमा समेत न्याय सेवाका सहसचिवलाई भेदभाव गरिएको सम्बन्धका कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलाशले मन्त्रिपरिषदका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

आदेशमा अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि ७ दिनभित्र उपस्थित हुन आदेश दिएको हो । नेपाल सरकारको सचिव पदमा वढुवाको लागि सिफारिश भएका न्याय सेवाका ७ जना वरिष्ठ सह–सचिवहरु मध्ये १ जनालाई पनि सचिव पदमा बढुवा नगरिएपछि पीडितको तर्फबाट रिट दायर भएको थियो ।