हात्तीले घर भत्काउँदा एकको मृत्यु , एक घाइते

भदा १६,विराटनगर-जङ्गली हात्तीले  आज बिहान ३ बजे घर भत्काउँदा एक वृद्धाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । सुनसरी जिल्लाको इटहरी नगरपालिका–२ बस्ने ८८ वर्षीया राममाया राई सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किएपछि थिचिएर उनको मृत्यु भएको र उनकी नाति विक्रम सामान्य घाइते भएका छन् । घटनालगत्तै  इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका टोलीले हात्तीलाई जङ्गलतर्फ लखेटेको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।