प्रकोप उद्धार समितिको टोलीे प्रभावित क्षेत्रमा

भदा १६, रुकुम -रुकुमको चुन्वाङ्गका वाढी पहिरो प्रभावित घरपरिवारलाई राहत बितरण गर्न आज जिल्ला दैवि प्रकोप उद्धार समितिको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।  पिडित परिवारले सदरमुकाम खलंगा पुगेर राहत लिन नसक्ने भएपछि स्थानीय स्तरमै पुगेर राहत वितरण गर्न लागिएको समितिले जनाएको छ ।   समितीको हिजो बसेको वैठकले भौगोलिक अवस्था र वर्षायामको समयमा पिडित परिवार खलंगासम्म आएर खाद्य तथा गैरखाद्य राहत सामाग्री लिन कठिन हुने भन्दै चुन्वाङ्ग गाविसमै पुगेर राहत प्रदान गर्ने निर्णय गरेको थियो ।