एन्फा कपको सम्पूर्ण तयारी पुरा

भदौ १६, काठमाडौँ -अखिल नेपाल फुटबल सङ्घले आयोजना गर्ने एन्फा कपको सम्पूर्ण तयारी पुरा भएको  छ । २५ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनमा रहेका छ क्लब र उपत्यका बाहिरका दुई गरी आठ टोलीले भाग लिने बताइएको  छ । ‘ए’ डिभिजनका मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, सङ्कटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरी बल ९एपिएफ० छन् भने उपत्यका बाहिरका झापा फुटबल क्लब र मोरङ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगिताको विजेता टोलीले रु १० लाखको साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता टोलीले ट्रफी, मेडलका साथै रु पाँच लाख पाउनेछ । त्यस्तै सेमिफाइनलमा प्रवेश गर्ने टोलीले रु एक लाख प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पाउने खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने जानकारी दिइयो ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, प्रशिक्षक र गोलरक्षक घोषित हुने खेलाडी तथा प्रशिक्षकले जनही रु ५० हजार प्राप्त गर्नेछन् । ‘ए’ डिभिजनका छ क्लबलाई प्रतियोगिता तयारीको लागि जनही रु ५० हजार दिने र उपत्यकका बाहिरका टोलीलाई आवतजावत खर्चका साथै खाने बस्ने सुविधा सङ्घले नै व्यवस्था गर्ने आयोजकले जनाएको छ ।