दोश्रो पण्डित सम्मेलन आजदेखि सुरु

भदौ १६, काठमाडौँ -धर्म र संस्कृतिको संरक्षण गर्दै आएका  अगुवाहरुले आजदेखि राजधानीमा राष्टिय पण्डित सम्मेलनको आयोजना गर्ने भएका छन् । पूजाविधिमा शुद्धता र स्पष्टता ल्याउने, साँस्कृतिक र धार्मिक निर्णयमा एकरूपता ल्याउने,   सन्देह र भ्रमको निराकरण गर्ने, धर्मसंस्कृतिको संरक्षण र सम्बर्धन लगायत दर्जन बढी बिधामा एकरुपता ल्याउनु सम्मेलनको लक्ष्य रहेको संयोजक भरत शर्माले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपाल र भारतका गरी करिब दुई सय पचास  पण्डितको सहभागिता रहने छ । सम्मेलनमा भारतबाट ‘ज्योतिष र धर्मको सम्बन्ध’ विषयमा र नेपालबाट ‘आशौच र अन्त्येष्टि’ विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । त्यस्तै नेपालको तफबाट ‘धर्मसंस्कृतिको रक्षामा पण्डितको भूमिका’ विषयका कार्यपत्र प्रस्तुत हुनेछ ।

सो अवसरमा  आचारसंहित विमोचन गर्ने र पण्डित धर्मसभाअन्तर्गत पण्डित विभाग गठन गर्दै घोषणापत्रसमेत जारी हुने आयोजक कोषाध्यक्ष टेकराज ढुङ्गेलले  बताए । धर्मसभाको आयोजनामा  हुन लागेको यो सम्मेलन दोश्रो हो  ।  पहिलो सम्मेलन २०६९ साल चैतमा काठमाडौँमा नै  भएको थियो ।