विवादित विषयमा आज पनि सहमति जुटाउने प्रयास

भदौ १६, काठमाडौँ-संविधानका विवादित विषयमा सहमति जुटाउन संविधानसभाका पाँच वटै समिति सक्रिए बनेसँगै संविधानसभाको सबैभन्दा शक्रिशाली र क्रियाशिल मानिएको संवैधानिक राजनितिक संवाद तथा सहमतिल समितिले आज पनि छलफललाई निरन्तरता दिने भएको  छ । समितीले  अघिल्लो संविधानसभााका सबै असहमतिको बुँदामा सहमति जुटाउने प्रयास जारी राख्ने भएको समितिका सदस्य चित्र बहादुर केसीले जानकारी दिए ।  केसीका अनुसार बैठक केही बेरमा सिंहदरबारमा बस्दैछ ।

आजको बैठकमा अघिल्लो संविधानसभा अन्तर्गतका असहमतिका विषयमा केन्द्रित भएर छलफल हुने बताइएको  छ ।  यस अघि हिजो  पनि संवाद समिति सहमति जुटाउने प्रयासका लागि बैठक बोलाएर छलफल गरेको थियो ।  संविधानसभाको कार्यतालिका अनुसार संवाद समितिले भदौ २१ भित्रमा सबै विवादित विषयमा सहमति जुटाइसक्नु पर्नेछ । दलहरुले तोकिएको समयमा सहमति गर्न नसके प्रक्रियामा लैजानुपर्ने कानुनी प्रावधान छ ।   संविधानका मुख्य विवादित विषय राज्यको पुनरसंरचना, शासकीय स्वरुप, न्याय प्रणालीका विषयमा दलहरुबीच फरक फरक मत छ ।