प्लान्ट योजनाबाट टाटा पछि हट्यो

भदौं १६,काठमाडौ-सुरुमा विदेशबाट गाडीका पार्टपुर्जा आयात गरी नेपालमै एसेम्बल गर्ने र विस्तारै गाडी निर्माण कारखाना खोल्ने योजना बनाएकोमा पछि त्यो लगानी इन्डोनेसिया पुर्याएको नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेनिङ प्रालिका प्रमुख र्काकारी अधिकृत शम्भु दाहाले बताए । टाटा मोटर्सले त्यो लगानी इन्डोनेसिया स्थानान्तरण गरेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटासँगकै सहकार्यमा तीन वर्ष अघि सरकारलाई इच्छापत्र बुझाएको थियो।

नेपालमा प्लान्ट स्थापना गर्ने योजना बनेपछि आफूहरु भारतको हिमाञ्चल प्रदेशमा रहेको टाटाको औद्योगिक क्षेत्रमा अध्ययन र अवलोकनका लागि पुगेको दाहालले बताए। हामीलाई प्लान्ट सञ्चालनका लागि सय बिघा जमिन चाहिने देखिएको थियो तर ६० बिघामै भएपनि प्लान्ट सुरु गर्न सक्छौं भन्ने लागेर खोज्न थाल्यौं, उनले भने । मोटर प्लान्ट सुरु गर्दा मुख्य एसेम्बल गर्ने उद्योगका अलावा टायर, स्पेयर पार्टस, लगायतका एसेसरिज उत्पादन गर्ने उद्योग पनि स्थापना गर्नुपर्ने भएकाले पर्याप्त जग्गा आवश्यक परेको उनले बताए।

टाटा मोटर्सले बंगलादेश, युक्रेन, केन्या, रसियालगायत देसमा पनि स्थानीय वितरक र लगानीकर्तासँग मिलेर गाडी उत्पादन गरिरहेको छ। बंगलादेशमा स्थापना गरिएको कम्पनीमा टाटा मोटर्सको ४० प्रतिशत र बाँकी बंगलादेशी व्यवसायीको लगानी छ। नेपालमा टाटाको मोटर प्लान्ट स्थापना भएपछि ५० हजारले रोजगारी पाउने अपेक्षा गरिएको थियो।