अख्तियारद्धारा कामपामा छापा, महत्वपूर्ण कागजात नियन्त्रण

भदौ १५, काठमाडौ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौ महानगरपालिका बागदरबारमा छापा मारेको छ ।
अख्तियारले आर्थिक अनियमितताको आशंकामा महानगरपालिकाको बिभिन्न शाखाहरुमा छापा मारि महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

महानगरको वातावरण, शहरी बिकास, राजस्व लगाएत महाशाखबाट अर्बौको आर्थिक अनियमितता भएको उजुरीका आधारमा छापा मारि कागजात नियन्त्रणमा लिईएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटा बताए ।