नेपाल र थाईल्याण्डको प्रतिस्पर्धा बराबरीमा सकियो

भदौ १५, काठमाडौँ-नेपाल र थाईल्याण्डको १६ बर्ष मुनिको मैत्रीपुर्ण फुटबल खेल बराबरीमा सकिएको छ । थाईल्याण्डको फासाद्धिन रंगशालामा आज भएको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो । खेलको चौथो मिनेटमा अग्रता लिएको थाईल्याण्ड बिरुद्ध नेपालका १० औं मिनेटमा नेपाली टोलीका बिमल घर्तिमगरले गोल गरि खेल बराबरीमा ल्याउनु भयो । घाईते भएका कारण बिमलले पहिलो हाफको शुरुवाती चरणमै मैदान छोड्नु पर्यो ।   १८ औं मिनेटमा थाईल्याण्डले फेरी २– १को अग्रता लियो । दोश्रो हाफको ६९ ओं मिनेटमा बिकाश थापाले खेल २–२ गोलको बराबरी मा ल्याए । तर त्यसको ११ मिनेटपछि फेरी थाईल्याण्डले ३–२ को अग्रता लियो । अन्तिम ८९ औं मिनेटमा सुनिल बालले गोल गरि खेल ३–३ गोलको बराबरीमा पुर्याउका हुन् ।  थाईल्याण्ड र नेपाल दुवै देश ए एफ सि अण्डर १६ को तयारीमा छन् । समुह सि मा  उज्वेकिस्तान,कुवेत, र उत्तरकोरिया संग रहेको नेपालले भदौं २२ गते पहिलो खेल उज्बेकिस्तान बिरुद्ध खेल्ने छ ।