नेपालको विकास अब शुरु भयो:प्रम कोइराला

भदौ १५, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले अब नेपालको विकासमा शुरुवात हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नेपाल ट्रष्टको बार्षिक प्रतिवेदन ग्रहण गर्दै उहाँले नेपाल नयाँ चरणमा प्रवेश गरेको र अब बिकास निमार्णका काम शुरु भएसंगै संविधान पनि बन्ने बताए ।

प्रधानमन्त्री कोइरालाले अब नेपालमा शान्ति र  स्थायित्वको वातावरण कायम हुने भन्दै चीन जस्ता मुलुकको विकास पनि विदेशी लगानीबाटै भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री कोइरालाले प्रजातन्त्रलाई निषिद्ध गरेर गरिएको विकास दिगो हुन नसक्ने भन्दै प्रजातान्त्रिक राजनीतिक व्यवस्थामा जनतालाई अधिकार  सम्पन्न बनाएर गरिने विकास दिगो हने बताए ।