संविधानसभाले कार्यतालिकामै काम सक्छ:सभापतिहरु

भदौ १५, काठमाडौ-संविधानसभा अन्र्तगतका समितिका सभापतिहरुको बैठकले संविधानसभाको कार्यतालिका र नियमावलि अनुसार नै काम सक्ने निष्कर्ष निकालेका छन् । आज संसद सचिवालय सिहंहदरवारमा सभाअध्यक्ष सुवास नेम्वाङ, उपसभाअध्यक्ष ओनसरी घर्तिमगर सहित बसेको बैठकले संविधान निमार्णको निर्धारित कार्यतालिका परिवर्तन नगर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चाकर्मिसंग कुराकानी गर्दै सभाअध्यक्ष नेम्वाङले आफूले कार्यतालिका भित्रै काम सक्न निर्देशन दिईसकेको र सभापतिहरुले पनि सोही प्रतिवद्धता जनाएकाले सोही अनुसार काम हुने विश्वास व्यक्त गरेका छन् । यदि निर्धारित मिति भित्र सहमति भएन भन नियम र तालिका अनुसार प्रक्रिया अगाडी बढ्ने बताए । सभाअध्यक्ष नेम्वाङले सरकारले संविधान निमार्णको वातावरण बनाउन छाडेर संविधान निमार्णमा समयमा नै हुन्छ मात्रै भन्दै हिडेकोमा असन्तुष्टि जनाए ।

यसैबिच विवाद समाधान गर्ने समय छोटिदै जादा दलहरुले संविधानका विवादित विषयमा सहमतिको प्रयास पनि तिब्र पारेका छन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले समिति  भित्र र बाहिर छलफल जारी राखेको छ । संविधानका मुख्य विवादित विषय राज्यको पुनरसंरचना, शासकीय स्वरुप, न्याय प्रणालीका विषयमा  दलहरुबीच फरक फरक मत छ ।