१८ सभासदद्धारा सपथ ग्रहण

भदौ १५, काठमाडौँ-सरकारद्धारा मनोनित १८ सभासदहरुले आज सपथ ग्रहण गरेका छन् । नबनियुक्त सभासदहरुलाई संविधानसभाका सभाअध्यक्ष सुवास नेम्वाङले संसद सचिवालय सिंहदरवारमा सपथ ग्रहण गराएका हुन् ।सरकारले २६ जना सभासद गर्नुपर्नेमा १८ जना मात्रै गरेको छ ।

एकीकृत नेकपा माओवादी र मधेसवादी दलहरुले भने सभासदको नाम दिएका छैनन् । सरकारले प्रतिष्ठित व्यक्तिहरुलाई मनोनयन गर्नुपर्नेमा नेताका भाई, श्रीमती र व्यापारीहरुलाई मनोनित गरेको भन्दै आलोचना भएको छ ।