सहमति पालना नभएसम्म संसद अबरुद्ध:प्रतिपक्षी

भदौ १५, काठमाडौँ-प्रमुख प्रतिपक्षी एमाओवादीलगायत विपक्षी दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । बैठक सुरुभएसँगै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले समय माग गरेका थिए । संसदमा बोल्दै  गच्छदारले सरकार एकलौटी रूपमा सञ्चालन भएको, २६ सभासद्को मनोनयन प्रक्रिया थाल्दा प्रमुख प्रतिपक्षी तथा अन्य दलसँग समन्वय नगरेको, संविधानका विवादित अन्तरवस्तुमा सहमतिको पहल नगरेको र बहुमतको आडमा संविधान जारी गरेर मुलुकलाई भड्खालोमा हाल्न खोजेको आरोप लगाए ।

यही भदौ १३ गतेको बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण र शान्ति प्रक्रियालाई पूर्णता दिन विगतमा भएको सहमतिको पालनामा सरकारमा रहेका दल गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म बैठक सञ्चालन हुन नदिने उनले उद्घोष गरे । नेता गच्छदारले ठूला दलले भनेको कुरा ठूला र साना दलले बोलेका कुरा साना हुने आम प्रवृत्ति देखिएकामा गुनासो गर्दै सञ्चार माध्यमले पनि त्यस्तै व्यवहार गरेको टिप्पणी गरे । उनले आफूहरूले उठाएका विषयमा सरकारको स्पष्ट धारणा नआएसम्म सदनको कारबाही चल्न नसक्ने जानकारी गराएसँगै बैठक स्थििगित भएको थियो । संसदको अर्को बै७क  यही भदौ १८ गते बुधबार दिउँसो १ बजेका लागी बोलाइएको   छ ।