शसस्त्र प्रहरीले नया भर्ना खोल्यो

भदौ १५, काठमाडौँ – शसस्त्र प्रहरी बलमा नया भर्ना खुलेको छ । ४० जना प्रहरी निरीक्षकसहित विभिन्न पदमा १ सय २३ जनाको भर्ना आब्हान गरीएको शसत्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रशासन तर्फ प्रहरी निरीक्षकमा ४० र मेडिकल अधिकृत तर्फ १० जना प्रहरी निरीक्षकमा नया भर्ना खोलिएको छ । त्यस्तै प्रहरी सहायक निरीक्षकमा ५० जना, हेल्थ असिष्टेन्ट तर्फ प्रहरी नायव निरीक्षकमा २ जना, प्रहरी नायव निरीक्षक स्टाफ नर्सतर्फ ४ जना गरी विभिन्न प्राविधिक पदमा सशस्त्रले भर्ना आब्हान गरेको हो ।  दरखास्त फारम बुझाउने अन्तिम मिति असोज १४ गतेसम्मका लागि तोकिएको छ ।