जनताको पक्षमा संविधान नबन्ने खतरा : प्रचण्ड

भदौ १४ ,कास्की – पोखरा, भाद्र १४ । एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा संबिधान नबन्ने खतरा बढ्दै गएको दाबी गरेका छन् ।

संघीय गणतान्त्रिक मोर्चाले शनिबार पोखरामा आयोजीत कार्यक्रममा प्रकृयागत तरिकाले संविधान नबन्ने संभावना बढ्दै गएकाले उनले कार्यकर्तालाई आन्दोलनका लागी तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले काँग्रेस एमालेले बहुमतकै आधारमा आफुहरुलाई पेलेर अघि वढ्न खोजे आन्दोलनको विकल्प नहुने बताएको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिए ।

काँग्रेस एमाले तोकिएको समयमा संबिधान बन्न नदिने षड्यन्त्रमा लागिसकेको आरोप लगाउँदै उनले संघीयतासहितको संविधानका लागि जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको बताए ।