हचुवाका भरमा भारतसँग सम्झौता गर्नु बेठीक —बिजुक्छे

भदौ १४ , भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हचुवाका भरमा भारतसँग नेपालले ऊर्जा सम्झौता गर्नु ठिक नहुने बताएका छन्  । मध्यपुरथिमि बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले  विगतदेखि नै नेपालले भारतलाई रु २ मा बिजुली बेचेर ८ मा भारतसँग खरिद गर्ने परम्परा रहिसकेको सन्दर्भ कोट्याउँदै भारतसँग हुने भनिएको ऊर्जा सम्झौताले नेपाललाई कुनै हालतमा फाइदा नहुने बताए ।

सभासद् बिजुक्छेले सरकारको मुख ताक्नेभन्दा पनि सामूहिक रुपमा  कृषि, उद्योग सञ्चालन गर्दा बचतको सुरक्षा हुने र रोजगारी पनि वृद्धि हुने भएकाले यसतर्फ ध्यान पु¥याउन सहकारी संस्थालाई आग्रह गरे । सभासद् रामेश्वर ढुङ्गेलले सहकारी संस्थाहरु बचतकर्ताको बचत नै लिएर भाग्ने गर्दा यसको विश्वास घट्दै गएको औँल्याउँदै सहकारी फाइदाका लागिभन्दा पनि सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिए । सो  अवसरमा संस्थाका अध्यक्ष सुमन श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आव २०७०÷०७१ मा रु ४४ लाख ८९ हजार ६२८ आम्दानी गरेको र  संस्था सामाजिक कार्यमा सक्रिय रहेको बताए ।