८ युवकले गरे युवतीलाई सामूहिक वलात्कार

१४ भदौ, पोखरा -पोखराको कार्की डाडामा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । गत बुधवार साझ पोखरा–१२ कार्कीडाडामा २० वर्षीय युवतिलाई ८ जना युवाहरुले सामुहिक बलात्कार गरेको रहस्य खुलेको हो ।लम्जुङ घर भई पोखरामा बस्दै आएकी गुरुङ थरकी ति युवतीको बयानको आधारमा बलात्कारमा संलग्न दुई जना पक्राउ परेका छन् । प्रहरी निरिक्षक केशब बस्नेतले बलात्कारमा संलग्न गुरुङ थरका दुई युवा सहित ३ ओटा मोटरसाईकल नियन्त्रणमा लिईएको जानकारी दिएका छन् । घटनामा संलग्न अन्य ६ जना फरार रहेका छन् । उनिहरुको पहिचान भैसकेको र खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।
बुधवार साझ दिदीको डिस्प्ले बिग्रिएको मोवाईल बनाउन कोठाबाट निस्केकी उनलाई माटेपानी स्थित हिमाली समाजघर नजिकै बसिरहेका युवाहरुको समुहले डर, त्रास देखाई मोटरसाईकलमा राखेर कार्की डाडा पु¥याएका थिए । उनिहरुले पालैपालो बलात्कार गरेको पिडित युवतिले प्रहरी समक्ष बताएकी छिन् । कक्षा १२ मा पढ्दै गरेकी ती युवतीको स्वास्थ्य परिक्षण गरिएको र अबस्थामा सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

बिहिवार पक्राउ परेका दुई जनालाई शुक्रवार म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रबक्ता केदार रजौरेले जानकारी दिए । प्रहरीले घटनामा संलग्न अन्य ६ जनाको नाम, ठेगाना र फोन नम्बर पत्ता लागाएको छ । ती युवा अहिले फरार रहेकाले खोजीको लागि प्रहरी टोलि परिचालन गरिएको छ ।