जसले गरे १ सयय ३९औँ पटक रक्तदान

भदौ १४ , म्याग्दी  – नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १३९औँ पटक रक्तदान गरेका छन् । नवगठित नेपाल स्वयम्सेवी रक्तदाता समाज म्याग्दी शाखासँगको भेटघाट कार्यक्रमका लागि यहाँ आएका अध्यक्ष कर्माचार्यले रक्त सञ्चार सेवा केन्द्र म्याग्दीमा आज १३९औँ पटक रक्तदान गरेका हुन् । नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने रेकर्ड बनाउनुभएका कर्माचार्यले समाजमा अहिले तीन हजार स्वयम्सेवी रक्तदाता आबद्ध रहेको जानकारी दिए । रक्त सञ्चार केन्द्र म्याग्दीका संयोजक एवम् नेपाल स्वयम्सेवी रक्तदाता समाज म्याग्दीका अध्यक्ष सुरज केसीले नेपालमै सबैभन्दा धेरै रक्तदान गर्नुभएका कर्माचार्यको सल्लाह बमोजिम म्याग्दीमा पनि समाज गठन गरिएको जानकारी दिए ।