दासानायकेले थाले छलफल

भदौ १३, काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकले नेपाली टिम सम्हाल्न नेपाल फकिएसँगै आज खेलकुद निकायका अधिकारीसँग छलफल गर्दैछन् । दासानायकेले नेपालको क्रिकेटको स्तर उन्नतीका लागी आफ्ना योजना बारे खेलकुद् मन्त्री पुरुषोत्तम पौडेल, क्यानका पदाधिकारी र राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिवसँग छलफल गर्न लागेको क्यानले जनाएको छ ।

सरकारले एक वर्षे पदावधि थप्ने निर्णय गरेपछि दसानायकले तीन महिने क्यानडा बसाइ सकाएर नेपाल आएका हुन् । छलफल अपराह्न्न पछि क्यान परिसरमा हुने बताइएको  छ । गत जेठ महिनामा  करार अवधि सकिनु एक महिना अघि क्यानाडा गएका दासानायके  करार अवधि थप गर्नेरनगर्ने विषयमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीबीच विवाद भएको थियो  ।

तीन वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका दासानायकेले नेपाललाई डिभिजन ४ र ३ को उपाधि दिलाए भने एसिसी ट्रफीको संयुक्त विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । दासानायकेकै प्रशिक्षणमा नेपालले पहिलो पटक ट्वान्टी २० विश्वकपमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको थियो ।