कक्षा १२ को नतिजा आज सार्वजानीक हुदै

भदौ १३, काठमाडौं – उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान संकायको नतिजा आज सार्वजानीक गर्ने भएको छ । गत बैशाखमा भएको विज्ञान विषयको परिक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागी सम्पुर्ण तयारी भै सकेको परिषदका सहसचिव नारायण कोईरालाले जानकारी दिनु भयो । नतिजा प्रकाशनमा ढिलाई भएको भन्दै विरोध हुन थाले पछि नतिजा प्रकाशनमा आउन लागेको हो । परिषदले नतिजा प्रकाशनमा ढिलाई गर्दा त्रिविले लिने प्रबेश परिक्षामा सहभागि हुने पाउने नपाउनेमा विद्यार्थिहरु अन्योल रहेका छन् ।  त्रिविको ईन्जिनियरिङ तर्फ प्रवेश परिक्षा सकिएको छ भने मेडिकलतर्फ आईतबार प्रबेश परिक्षाको कार्यक्रम तए भएको छ । नतिजा ढिलाईले गर्दा विदेश पढ्न जाने विद्यार्थि समेत मारमा परेका छन् । विदेश पढ्नका लागी सप्टेम्बर र अक्टोबर सेसनमा भ्याउने गरी विद्यार्थलेहरुले तयारी पुरा गरे पनि नतिजा नआउँदा उनिहरु छुट्ने भएका हुन् । यस वर्ष करिब ३ लाख विद्यार्थिले परिक्षा दिएका छन् ।