माओवादीद्धारा चितवन बन्द

भदौ १३, चितवन –  नेकपा माओवादीले आज चितवन बन्द गरेको छ । भारत सरकारको सहयोगमा निमार्ण गरिएको चितवनको माडीमा रहेको माडी वहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्न भारतीय राजदुत रन्जित रे चितवन पुगेपछि माओवादीले जिल्ला बन्द आह्वान गरेको हो । हिजो चितवन पुगेका नेपालका लागि भारतीय राजदुत रे ले भने राजदुतवाट भवन उद्घाटन गर्ने कार्यक्रमको नेकपा माओवादीवाट विरोध स्वरुप बन्दको आब्हान गरेको चितवन माओवादीका अध्यक्ष गुणराज लोहनले बताए ।  उता नेपाल सरकारको मातहतमै भवन निर्माण गरिएकोले विरोधको अर्थ नभएको राजदुत रेको भनाइ  छ ।  आज हुने कार्यक्रमलाई भारतीय हस्तक्षेप भन्दै नेकपा माओवादी चितवनले भोली चितवन वन्दको आव्हान गरेको स्रोतको भनाइ  छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको वेला गरेका प्रतिवद्धताहरु तत्काल पुरा गराउने पनि राजदुत रेले बताएका छन् । भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्त सफल भएको दावी गरेपनी माओवादीले मोदीको भ्रमण असफल भएको दावी गर्दै आएको छ ।