अध्यक्ष ओली उपचारका लागी दिल्ली जाँदै

भदौ १३, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली नियमीत स्वस्थ्य परिक्षणका लागी आज नयाँदिल्ली जाने भएका छन् । ओली आज साँझ ६ बजे दिल्ली तर्फ प्रस्थान गर्ने ओलीका सहयोगी इन्द्र भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार  ओली दिल्लीमा  एक साता बस्ने कार्यक्रम रहेको छ । गत फागुनमा गम्भीर विगारमी परे पछि ओलीले दिल्ली, थाईल्याण्ड र सिंगापुरमा उपचार गराईरहेका छन्  ।  ओलीले हिजो पार्टीका केहि पदाधिकारीसंग राजनीतिक र पार्टीका आन्तरिक विषमा छलफल गरेका थिए ।