भ्यागुते रोगको प्रकोपमा बृद्धि

भदौ १२, रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न वडामा भ्यागुते रोगको प्रकोप फैलिएको छ । नगरपालिकाअन्तर्गत पौराइको मङ्गलपुर र ठोक्कर टोलका किसानले पालेका पशुमा भ्यागुते रोग लागेपछि केही पशु मरेका छन् ।

भ्यागुते रोगबाट बच्न अहिले प्रभावित क्षेत्रमा धमाधम खोप दिने काम भइरहेको जिल्ला पशु विकास कार्यलययले जनाएको  छ । भ्यागुते रोग लाग्दा पशुमा अत्यधिक ज्वरो आउने, ¥याल काड्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, पेट ढाडिने र अन्त्यमा पशु मर्ने पशु चिकित्सकको भनाइ छ ।