उच्चस्तरीय राजनीतिक समिति अनावश्यक– गोर्कण विष्ट

भदौ १२, बुटवल – नेकपा एमालेका सचिव गोकर्ण विष्टले संविधान निर्माणका लागि उच्चस्तरीय राजनीतिक समिति आवश्यक नभएको बताएका छन् । सचिव विष्टले संविधानसभा नै सार्वभौम भएकाले संविधान निर्माणका क्रममा आउने विवादको समाधान संविधानसभाभित्रै खोजिनुपर्ने बताए ।

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सचिव विष्टले संविधान निर्माणमा अवरोध गर्न उच्चस्तरीय राजनीतिक समितिको कुरा ल्याइएको आरोप लगाए । संविधान निर्माणमा राजनीतिक दल गम्भीर हुनुपर्ने भन्दै उहाँले सरकार गठनका बेला भएको सहमतिलाई नेपाली काँग्रेसले पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए ।

संंविधानसभाद्वारा निर्धारित कार्यतालिकाअनुसार सबै विषयमा सहमति जुटाइसक्नुपर्ने बताउँदै सचिव विष्टले अन्य कामलाई थाँती राखेर भए पनि संविधान निर्माणलाई अगाडि बढाउनुपर्नेमा जोड दिए  ।