बाडी पिडीतलाई पूर्ण सहयोग हुन्छ–प्रम कोइराला

भदौ १२, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले मुलुकका विभिन्न भागमा बाढी र पहिरोले विनासलीला मच्चाएको भएपनि उद्धार, राहत र पुनःस्थापनामा कुनै कमजोरी नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बाढी पहिरो पीडितलाई विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा उहाँले पीडितलाई प्रदान गरिने राहत सामग्री र रकम सदुपयोग होस् भन्नेमा आफू चिन्तित रहेको बताए ।प्रम कोइरालाले संयुक्त राष्ट्र सङ्घमा उद्धार, राहत र पुनःस्थापना कामको अनुभव लिनुभएका वाणिज्य तथा आपूर्ति मन्त्रीलाई यसको समन्वय र अनुगमन गर्न खटाएको छु । यसपटक राहत रकम र सामग्रीको सदुपयोग नहुने समेत प्रतिबद्धता जनाए । सो अवसरमा सहयोग गर्ने दाताहरूबाट उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरिएपछि प्रत्यूत्तरमा प्रधानमन्त्री कोइरालले आफु ठिक भएको र  संविधान समयमै आउनेमा जोड दिए कार्यक्रममा भारतीय दूतावासले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु चार करोड ७७ लाख ३९ हजार सहयोग प्रदान गरेको छ ।