अभिनेत्रीमाथि यौनजन्य आक्रमण

भदौ ८, काठमाडौँ- भारतको मुम्बइमा एक चर्चित गीत चरनाकारले अभिनेत्रीमाथि यौनजन्य आक्रमण गरेपछि पक्राउ परेका छन् । दक्षिण दिल्लीस्थित होटल ग्रेटर कैलाशमा विहीबार आफूमाथि यौनजन्य आक्रमण भएको आफ्नै प्रोडक्सन हाउस समेत भएकी ती २७ वर्षीय अभिनेत्रीले बताएकी छिन् ।अभियुक्त अंकुर शर्मालाई प्रहरीले तिहार जेल पठाएको छ । प्रहरीको उच्च श्रोतले उनलाई २० दिनभित्र मुद्धा चलाइने जानकारी पनि दिएको छ । अभिनेत्रीले गीतकार शर्मा आफ्नो कोठामा ब्यवसायिक कुरा गर्न भन्दै छिरेको र आफूलाई दुर्ब्यवहार गर्न शुरु गरेको बताइन् ।

आफू रिसाएपछि शुरुमा अलि हच्किएपनि केही बेरमा आफूलाई झम्टिएको समेत उनले बताएकी छिन् । उनी चिच्याएपछि प्रहरी होटल पुगेर शर्मालाई गिरप्तार गरेको थियो । यौनजन्य आक्रमणको आरोप लागेका ब्यक्तिलाई १४ दिन सम्म न्यायिक हिरासतमा राख्न पाइने कानूनी ब्यवस्था भारतमा छ ।