नेमार फेरी घाइते

भदौ ८, काठमाडौँ  –  स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार खेलाडी नेमार फेरी घाइते भएका छन् ।  अभ्यासका क्रमा बिहीबार घाइते भएपछि ब्राजिलियन खेलाडी नेमार स्पेनियस ला लिगाको पहिलो खेलमा क्लबको प्रतिनिधित्व गर्न नसक्ने सम्भावना बढेको छ । ला लिगाको नयाँ सिजन यसै सप्ताहान्त सुरु हुँदै छ ।

अभ्यासका क्रममा नेमारको देब्रे खुट्टाको गोली गाँठोमा चोट लागेको बार्सिलोनाले जनाएको छ । अभ्यासपछि नेमारले खुट्टामा पीडा भएको बताएका थिए । स्वास्थ्य परीक्षणपछि उनको देब्रे खुट्टाको गोली गाँठोमा समस्या देखिएको छ । बार्सिलोनाद्धारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । उनको खुट्टामा देखिएको समस्या कति गम्भीर हो भन्ने कुरा विस्तृत परीक्षणपछि मात्र पत्ता लाग्ने क्लबले जनाएको छ ।  एजेन्सी