अनिश्चितकालीन रसुवा बन्द फिर्ता

भदौ ७,काठमाडौँ – चिलिमे जलविद्युत् कम्पनीका पूर्व प्रबन्ध सञ्चालकको पुनःबहाली गर्न माग गर्दै आएका आन्दोलनरत दलले आफूले आह्वान गरेको अनिश्चितकालीन रसुवा बन्द फिर्ता लिएका छन् ।

आन्दोलनको नेतृत्व गर्ने दल नेपाली काँग्रेसका युवा नेता प्रभात लामाका अनुसार कुसेऔँसी र हरितालिका तीज पर्वलाई ध्यानमा राखी आज साँझ ७ बजेदेखि बन्द फिर्ता लिइएको हो । आइतबारदेखि बिर्वाधरुपले सबै सवारी साधन चलाउन रोकतोक नहुने पूर्व सभासद् प्रेम तामाङले बताए  ।