संविधान जारी नहुने निश्चित : बैद्य

भदौ ६, काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले वर्तमान संविधानसभाबाट संविधान जारी नहुने निश्चित भएको बताएका छन् । नेकपा माओवादीद्धारा आज म्याग्दीमा आयोजीत प्रशिक्षण कार्यक्रममा अध्यक्ष बैद्यले यदि राज्यले जबरजस्ती संविधान लाद्न खोजे त्यो आफुहरुलाई मान्य नहुने बताएका छन् ।

प्रशिक्षणका क्रममा सचिव नेत्रविक्रम चन्द र देव गुरुङले उच्च मनोबलका साथ भण्डाफोर अभियानमा लाग्नुपर्नेमा जोड दिएको माओवादीले जनाएको  छ । सो अवसरमा पार्टीले आगामी दिनमा चाल्ने कदमका बारेमा कार्यकर्तालाई प्रशिक्षित गराएका थिए ।

माओवादीले पार्टीको आगामी कार्यदिशा, कार्यकर्ताले खेल्नुपर्ने भूमिका र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे म्याग्दी र बाग्लुङको जिल्लास्तरीय कार्यकर्ता भेला म्याग्दी सदरुमुकाम बेनीमा प्रशिक्षण सम्पन्न गरेको प्रवक्ता भुषालले जानकारी दिइन् । राजधानीबाट नेवा राज्यको प्रशिक्षणबाट सुरु भएको अभियानमा आज बाग्लुङ र म्याग्दीका  जिल्ला स्तरीय नेताहरुको सहभागीता थियो ।