लोडसेडिङ अब सातामा ५२ घण्टा

भदौ ६, काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको अवधि घटाएर ५२ घण्टामा झारेको छ । यसअघि सातामा ५९ घण्टा लोडसेडिङ गर्दै प्राधिकरणले सातामा ७ घण्टा घटाएर  ५२ घण्टा बनाएको हो ।

नया तालिका अनुसार हप्तामा एक दिन ७ घण्टा र बाकी दिन साढे सात घण्टा लोडसेडिङ हुनेछ ।नेपाल विद्युत प्राधिकरणले दिनमा दुई पटक लोडसेडिङ गर्ने गरी नया तालिका सार्वजनिक गरेको छ ।

सिन्धुपाल्चोकको जुरेमा गएको पहिराले सुनकोसी नदि थुनिदा विद्युत आयोजनामा समेत क्षति पुगेपछि प्राधिकरणले केहिदिन अघि लोडसेडिङ बढाएको थियो ।