बैंकको सुन बिकेन

भदौ ४, काठमाडौं – वाणिज्य बैंकबाट सुन बिक्री हुन छाडेको छ । साउन महिनामा सामान्य परिणाममा सुनको बिक्री भए पनि अहिले भने बैंकमार्फत सुनको बिक्री भए पनि अहिले भने बैकमार्फत सुनको बिक्री ठप्प रहेको बैकरहरुले जनाएका छन् । सुन ब्यवसायी भने तीजलगायतको चाडबाड नजिकिएकाले बजारमा सुनको माग बढिरहेको जिकिर गर्छन ।

नेपालमा आधिकारिक रुपमा वाणिज्य बैंकमार्फत मात्रै सुनको आयात गर्न पाइन्छ । वाणिज्य बैंकले प्रतिदिन १५ केजथीसम्म सुन बिक्री गर्न पाउने नियम छ । त्यसमध्ये ९ केजी बागमती अन्चलमा र बाँकी ६ केजी बागमती अन्चलबाहिरका लागि बिक्री गर्दै आएका छन् । तर, व्यवसायी भने बजारमा दैनिक ३० केजी सुनको माग रहेको बताउछन् ।

अवैध बाटो भएर आएको सुन तोलामै करिब १ हजारसम्म सस्तोमा व्यावसायीले सुन खरिद गर्दछन् । बैंकले आयात गर्दा भने १ किलो सुनको मुल्य भन्सार सहित ५ लाख २० हजार रुपैँयाभन्दा बढी तिर्नुपर्छ । यही कारण पनि कतिपय व्यवसायी बैंकले ल्याउने सुनभन्दा अबैध बाटोबाट आउको सुनमा नै बढी ध्यान दिने गर्दछन् । सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले गतबर्ष तिजताका ४० केजी सुन बिक्री भए यो बर्ष ३० हजारमा सिमीत रहेको आजको राजधानी दैनिकमा समाचार छ ।