मन्त्री क्वार्टरमा केटीहरु यसरी कराए

भदौ ४, काठमाडौं- चर्चित डन ‘चरी’को मृत्यु भएको १० औं दिन पोष्टमार्टम भैसक्यो । चिरफारले प्रहरी दाबीलाई नै बलीयो बनाएको छ । तर, बालुवाटारमा एआइजी र सचिवहरुको बढुवासम्बन्धी निर्णय भएको दिन अर्थात् बिहिबार राति ९ बजे गृहमन्त्रीले चरी पक्षधरहरुको आफ्नै निवासमा सामना  गर्नुपर्‍यो ।

एमालेकै महिला तथा विद्यार्थी नेतृहरु नवीना लामा, कमला रोक्का लगायतको टोली बामदेबसँग कराउन त्यहाँ पुगेको थियो । उनीहरुले शुरुमै आफ्नो बुझाई पस्किए, ‘चरीलाइ अन्तै मारेर त्यहाँ फ्याँकिएको हो ।  तपाइँले यस्तो काममा पुलिसको डिफेन्ड गर्नै हुने थिएन । सेल्फ डिफेन्समा मारिएका हुन् भनेको भए ठीकै हुन्थ्यो । तर, इन्काउन्टरको ब्यवस्थात कानुनमै छैन ।’

उनीहरुले थप प्रस्ट पारे, ‘सेल्फ डिफेन्स र इन्काउन्टर फरक–फरक कुरा हो, प्रहरीलाइ किन जथाभावी बोल्न दिएको रु कानुनमै नभएको शब्द बोल्न पाइन्छ रु’ बामदेबले आफ्नो अडान दोहोर्‍याए, ‘उ हतियार बोकेर अपराध गर्न जाँदै थियो । पुलिसले जे गर्‍यो, अपराध रोक्नका लागि हो ।’ जनआस्था साप्ताहिकमा समाचार छ ।