राष्ट्रपतिका कारण सरकार धरमरमा

भदौ ४, काठमाडौं – आफूलाई चित्त नबुझेको कुरामा कांग्रेसका नेताहरुले समेत सही ठोकेर सरकार बनाएपछि असन्तुष्ट रहेका राष्ट्रपति डा। रामबरण यादबलाई ५ महिनासम्म त्यसको कुरै नउठेपछि हाइसञ्जो नै भएको थियो । तर, महाधिवेशनलगत्तै एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति-उपराष्ट्रपति अनुमोदनको मुद्दा व्युताएपछि सरकारनै धरमरमा परेको छ ।

कांग्रेस एमालेबीच राष्ट्रपति- उपराष्ट्रपति अनुमोदनसहित सातबुँदे सहमति भएपछि गत माघ २७ गते सुशील कोइराला प्रधामन्त्री भएका थिए । तर, त्यसलगत्तै गुपचुप भएको अनुमोदनको मुद्दा अहिले ओलीले अघि बढाएपछि राष्ट्रपति यादब कडा रुपमा प्रस्तुत भइरहेको स्रोतको दाबी रहेको बुधबार साप्ताहिकमा खबर छ ।

राष्ट्रपति यादबको भनाई उदृत गर्दै यसै साता उहाँलाई भेटेको स्रोतले भन्यो ’अब संविधान बनाउनका लागि दलहरुले बाचा गरेको र संविधानसभाले पारित गरेको मिति आउन जम्मा ६ महिना बाँकी छ । यसबीचमा संविधान संशोधनको प्रक्रियातिर लाग्दा जनतामा के सन्देश जान्छ रु फेरि कुन धारामा टेकेर त्यस्तो संशोधन गर्ने भन्ने पनि स्पष्ट छैन् । त्यसैले यसतर्फ लाग्नु हुँदैन ।’

एमाले अध्यक्ष ओलीले चाहिँ कांग्रेससँगको सहमति दराजमा थन्क्याउनका लागि गरिएको होइन भन्ने कटाक्ष गर्दै नत्र सरकार ढल्ने चेतावनी दिइरहेका बेला राष्ट्रपति यादबबाट सरकार ढले पनि संविधान संशोधन नहुने अडान प्रकट भइरहेको छ ।