एआइजी बढुवा नियम विपरित : डीआइजी

भदौ ३, काठमाडौं – नियम विपरित एआइजी बढुवा भएको भन्दै अन्य  तीन जना डीआइजी सर्वोच्च अदालतको शरणमा पुगेका छन् । बढुवा नियम संगत नभएको दावी गर्दै पछिल्लो वरीयतामा सर्वोच्च धाउने डीआइजीमा पशुर्राम खत्री, सुशीलवरसिंह थापा र विश्वराज सिंह शाही रहेका छन् ।

यसअघि डीआइजी यादव अधिकारीले दायर गरेको रिटमा आज सुनुवाई हुने भनिएपनि उक्त सुनुवपाई फेरी लम्बिएको छ । रिटमा पुनरावलोकन सिफारिस समितिको सिफारिस विपरित १० र १३ नम्बरमा परेकाहरुलाई बढुवा गरिएको भन्दै खारेजको माग गरेका छन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, बढुवा सिफारिस समिति लगायतलाई विपक्षी बनाइएको छ । सरकारले गत बिहीबार नौं डीआइजीलाई एआइजीमा बढुवा गरेसँगै वरीयताक्रम पुगेका डिआइजी त्यसको विरोधमा देखिएका छन् ।