ज्याकी चेनका छोरा लागु औषधसहित पक्राउ

भदौ ३, बिबिसी –  हलिउडका चर्चित अभिनेता ज्याकी चेनका छोरा जेसी चेन बेइजिङमा पक्राउ परेका छन् । चिनियाँ प्रहरीले लागु औषध दुर्ब्यसनी नियन्त्रण अभियान अन्तर्गत उनलाई पक्राउ गरेको चिनियाँ सञ्चार माध्यमाई उद्धित गर्दै बिबिसीले जनाएको  छ ।

३१ वर्षीय जेसी चेनले ताइबानी चलचित्र काइ कोमा अभिनय गरेका छन् । बेइजिङ प्रहरीले आफ्नो माइक्रोब्लगमा सोमबार अवेर चेन पक्राउ परेको जानकारी गराएको हो । जेसीले लागु औषध सेवन गरेको र उनको घरबाट लागु औषध बरामद समेत भएको जानकारी समेत प्रहरीले दिएको छ ।

जेसी चेनको कम्पनी एम स्टोन इन्टरनेशनलले आफ्नो वेवसाइटमा चेन पक्राउ परेको विषयले पैदा गरेको सामाजिक प्रभावप्रति विषयमा क्षमायाचना गर्दै उनलाई सही मार्गमा फर्काउने प्रतिबद्धता समेत जनाएको छ ।