संविधान निर्माण र आर्थिक विकासका नयाँ योजना चाहियो : ओली

भदौ ३, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा सुशासन र विकासको प्रत्याभूति दिलाउने किसिमको संविधान लेख्न सबैले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

उपत्यकामा आयोजीत एक उद्घाटन कार्यक्रममा बोल्दै ओलीले संविधान निर्माण र आर्थिक विकासका लागि नयाँ योजनाहरु ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका हुन्  ।

लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमार्फत् साँचोअर्थमा आर्थिक विकासको पक्षमा लाग्न ओलीले सबै कर्मचारीहरुलाई आग्रह गरे ।