अध्यापन लाइसेन्सको नतिजा सार्बजनिक हुंदै

भदौ ३, काठमाडौं – शिक्षक सेवा आयोगले आज शिक्षण अध्यापन अनुमतिपत्रको नतिजा अहिले केहीबेरमा सार्वजनिक गर्दैछ । नौ महिना अघि लिइएको परिक्षाको नतिजा साँझसम्म सार्बजनिक हुने शिक्षक सेवा आयोगले जनाएको छ ।

शिक्षण अध्यापन अनुमतिपत्रका लागि गएको मंसिरमा परीक्षाको लिईएको थियो । नतिजा प्रकासनका लागि सबै तयारि पुरा भएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए । नयाँ शिक्षकको व्यवस्थापन गर्दा नतिजा सार्वजनिक गर्न ढिलाइ भएको उनको भनाइ छ ।

परीक्षामा निम्न माध्यमिकतर्फ करिब १ लाख र माध्यमिकमा २३ हजार सहभागी भएका थिए । यसअघि ६ लाख नेपालीले अध्यापन अनुमतिपत्र  लिइसकेका छन् । आयोगले नयाँ शिक्षक पदपूर्तिका लागि यही महिनाभित्र विज्ञापन खुलाउने तयारी समेत गरेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।