दलित भनि गालीगलौज गर्ने प्रहरी फन्दामा

साउन ३, बिराटनगर – दलित भनेर गालिगलौच गर्ने ब्यतmीहरुलाई विराटनगरमा पक्राउ गरिएको छ । विराटनगर उपमहानरपालिका–५ का स्थानिय केशव मगरातीको परिवारलाई घरमै गएर जातीय बिभेदकारी गालीगलौज गर्दै कुटपिट गर्ने स्थानिय तिन जनालाई प्रहरीले पक्राउ गरेको हो । स्थानिय भीमप्रसाद खतिवडा, बाबुराम न्यौपाने र एकजना महिलाले आफुलाई जातिय बिभेदकारी गालीगलौच गरेको भन्दै मगरातीले प्रहरीमा उजुरी गरेपछि उनिहरु पक्राउ परेका थिए । अन्र्तरजातीय विवाह गरेको विषयमा आफ्नो घरमै आई ति ब्यतmीहरुले गालीगलौज र कुटपिट गरेको पिडीतको भनाई छ । मगरातीका २४ वर्षीय छोरा सुमन र भीमप्रसाद खतिवडाकी २० वर्षीया छोरी उमिर्लाले केही समय अघि आफ्नो राजिखुसीमा अन्र्तरजातिय बिवाह गरेको र उनिको उमेर पनि नेपालको कानुन अनुसार पुगिसकेकाले अदालतमा नातासमेत कायम गराइसकिएको जिल्ला प्रहरी कार्यालय विराटनगरले जानाएको छ । कानुनीरुपमा बिवाह र नाता प्रमाणित हुदाँ पनि केटीका आफ्न्तले ललाईफकाई आफ्नी छोरी भगाएको भन्दै मगराती परिवारलाई गालीगलौच र कुटपिट गर्दै छोरी फिर्ता गर्नुपर्ने बताईरहेका छन । प्रहरीले पनि यस बिषयमा मिलापत्र गराउन मगराती परिवारलाई दबाब दिइरहेको पिडतिले बताएका छन । तर, पिडतिहरुले आफुले कुनै अपराध नगरेका कारण आफुमाथि जातिय बिभेदकारी गालीगलौच र कुटपिट गर्ने उपर कडा कानुनी कारबाहीको माग गरेका छन । त्यसै जिल्लास्थित बिभिन्न दलित संघसंस्थाहरुले पनि घटनाको घोर भत्सना गर्दै पिडीत मगराती परिवारले न्याय पाउनु पर्ने र पिडकलाई हदैसम्मको कारबाही हुनु पर्ने आवाज उठाइरहेका छन ।