एमाले राहत कोषमा दुई दिनमै ५२ लाख

भदौ ३, काठमाडौं – एमालेले केन्द्रीय राहत कोषमा दुई दिनमै ५२ लाख रुपैंया जम्मा भएको छ । देशका बिभिन्न ठाँउमा आएको बाढी पहिरोमा परि घरवार विहीन भई बिस्थापित भएका परिवारजनलाई राहत दिन भनि नेकपा एमालेले राहत कोष खडा गरेको थियो । एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित केन्द्रीय प्राकृतिक विपत्ती राहत कोषमा आज मात्तैं २६ लाख १० हजार जम्मा भएको जनाइएको छ । उतm कोषमा एमाले केन्द्रीय कमिटी सदस्यहरुले हिजो २५ लाख जम्मा गरेका थिए । त्यसैगरि एमालेका जनवर्गीय संगठनहरुले राहत कोषमा थप २६ लाख जम्मा गरेका छन् । राहत कोषमा एमाले केन्द्रीय सदस्यहरुले सात हजारका दरले रकम जम्मा गरेका छन् ।सबैभन्दा बढी पेशागत महासंघ नेपालले १० लाख जम्मा गरेको छ । त्यस्तै एमाले निकट कानुन व्यवसायीहरुले ३ लाख, अखिल नेपाल किसान महासंघले २ लाख, उद्यमी व्यवसायी महासंघले २ लाख र अनेरास्ववियुले २ लाख राहत कोषमा जम्मा गरेको महासचिव पोखरेलले जानकारी दिए । राअत कोषमा आर्थिक संकलन हुनेक्रम जारि रहेको उनको भनाइृ छ । यसैबिच, केन्द्रीय प्राकृतिक विपत्ती राहत कोषका संयोजक तथा एमाले महासचिव पोखरेलद्धारा आज जारि  बिज्ञप्ती अनुसार सिन्धुपाल्चोकका पहिरो पीडितलाई करीव १२ लाख रुपैया बराबरको राहत वितरण गरिसकेको जनाइएको छ ।