विश्व फोटोग्राफी दिवस नेपालमा पनी मनाइदै

भदौ ३,काठमाडौँ  –  एक सय पचहत्तरौँ विश्व फोटोग्राफी दिवस फोटो खिचौँ, खुसी बाँडौँ  भन्ने नारका साथ नेपालमा पनी मनाइदै  छ । दिवसको अवसरमा आज राजधानी लगायत देशका विभिन्न स्थानमा सरकारी तथा गैर सरकारी र फाटोग्राफी सम्बन्धी संघ संस्थाले यसको महत्व र आवश्यकताका विषयमा बिभिन्न कार्यक्रमको आयोना गर्दैछन् ।

दिवसकै अवसरमा  राष्ट्रिय फोटो पत्रकार समूहले भृकुटीमण्डपबाट आज बिहान र्याली निकालेको छ । राष्ट्रिय फोटो पत्रकार समूहको अगुवाइमा निकालिएको र्याली प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली, सहिद गेट, सुन्धारा, शान्तिवाटिका र पुरानो बसपार्क हुँदै पूर्ण भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको थियो ।

विश्वमै पहिलो पल्ट फोटो खिच्ने प्रविधि शुरु भएको दिनको सम्झनामा हरेक वर्ष अगस्त १९ तारिखमा यो दिवस मनाउने गरिएको छ । यो वर्ष विश्वमा फोटोग्राफी शुरु भएको १ सय ७५ वर्ष पूरा भएको छ । सन् १८३९ को अगस्ट १९ तारिखमा स्थायी फोटोग्राफी  प्रकृयाले मान्यता पाएको थियो ।