काठसहित सामुदायिक वनका अध्यक्ष पक्राउ

३ भदौ, इलाम – प्रहरीले काठ तस्करी गरिरहेको अवस्थामा सामुदायिक वनका अध्यक्षसहित काठ, ट्याक्टर र एक उपभोक्तालाई गएराति नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय र गोलाखर्क प्रहरी चौकीबाट खटिएको संयुक्त गस्ती टोलीले गोदक–३ स्थित सूर्याेदय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गङ्गाराम महत र उपभोक्ता दलबहादुर रुम्दालीलाई पक्राउ गरेको हो ।

  प्रहरीले उक्त सामुदायिक वनबाट मे१त १११९ नम्बरको ट्याक्टरमा राखेर निकासी गर्न लागिएको साठी क्युविक चिलाउने जातको काठ बरामद गरी जिल्ला वन कार्यालय इलाममा बुझाएको जनाएको छ ।

पक्राउ परेका गोदक–३ का महत र रुम्दालीलाई वन ऐनअन्तर्गत मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाउने बताइएको छ ।