महाकालीपारि सवारी जाँचमा कडाइ

भदौ २, कञ्चनपुर – प्रहरीले केही दिनयता कञ्चनपुरमा गुड्ने भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि निगरानी बढाएको छ ।  चोरी, लुटपाटमा भारतीय नम्बर प्लेटका मोटरसाइकललगायतका सवारीसाधनको प्रयोग बढी देखिएपछि प्रहरीले निगरानी बढाएको हो ।

महाकालीपारिका दुई गाविस दोधारा र चाँदनीमा पनि भारतीय सवारी सवारीसाधनमा जाँच कडा पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  जाँचमा कडाइ गरिए पछि सवारीधनीले ब्ल्यू बुकलगायतका कागजात बोक्नुका साथै ट्राफिक नियमको पनि पालना गर्न थालेका छन् ।

उक्त दुई गाविस भारतसँग जोडिएकाले प्रायः बढी सङ्ख्यामा भारतीय मोटरसाइकल चल्ने गर्दछन् । जाँचका क्रममा आवश्यक कागजात नभेटिए प्रहरीले सवारीसाधन नियन्त्रणमा लिई भन्सार चलानसमेत गरेको छ ।