क्षमता अनुसार राहत बितरण : प्रधानमन्त्री

भदौ २, कञ्चनपुर – प्रधानमन्त्री सुशील कोइरालाले बाढि पहिरो पिडितकोलागि सरकारको क्षमता अनुसार राहत बितरण र उद्धारको कार्य गरिरहेको बताएका छन् । नेपाल इञ्जिनियर्स एशोसियसनको टोलीसँगको भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो बताएका हुन् ।

एशोसियसनका अध्यक्ष ईन्जिनियर थापाले सिन्धुपाल्चोकको तीनजुरेमा गएको पहिरोले निकास थुनिएर तालिएको सुनकोशी नदीको पानी निकास, बाढी र पहिरोले क्षतिग्रस्त सडकहरुको पुननिर्माण र सञ्चालनका सम्बन्धमा तयार पारेको प्रतिवेदन प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् ।

प्रतिवेदन हस्तान्तरण गर्दै अध्यक्ष थापाले जलविज्ञ, भूर्गभविद् र सडक इञ्जिनियर लगायतका विज्ञहरुले तयार पारेको सो प्रतिवेदन कार्यन्वयन गर्नका लागि सरकारलाई स्वयंसेवीका रुपमा सघाउन एशोसियसन तयार रहेको बताए ।