टेष्ट श्रृङ्खलामा इङ्ग्ल्याण्डद्वारा भारत पराजीत

भदौ २,काठमाडौँ – भारत विरुद्धको पाँच टेष्ट क्रिकेटको श्रृङ्खला इङ्ग्ल्याण्डले ३–१ ले कब्जा गरेको छ । भारत विरुद्धको अन्तिम टेष्ट क्रिकेटमा इङ्ग्ल्याण्ड एक इनिङ र २ सय ४४ रनले विजयी भएको छ ।

पहिलो पारीमा ३ सय ३८ रनले पछि परेको भारत पाँचौ तथा अन्तिम टेष्टको दोस्रो इनिङमा ९४ रनमा सिमित भयो । कप्तान महेन्द्र सिंह धोनीले दोस्रो पारीमा पनि खाता खोल्न सकेनन् । मुरली विजय र गौतम गाम्भिरको जोडी २ रन बनाएर आउट भए । चेतेश्वर पुजाराले ११ र विराट कोहली २० रन मात्रै बनाउन सके ।

यसअघि इङ्ग्ल्याण्डका लागि जो रुटले उत्कृष्ट प्रदर्शन गर्दै १ सय ९ रनको शतकीय पारी खेले । यसैगरी कप्तान एलेष्टर कुक ७९ र बेलेन्सले ६४ रनको मद्दतमा इङ्ग्ल्याण्डले ४ सय ८६ रनको बलियो योगफल तयार पारेको थियो ।